logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एक व्यक्तिले गरे घाँटी रेटेर आत्महत्या


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – भरतपुर महानगरपालिका ज्योतिनगरमा एक व्यक्तिले घाँटी रेटेर आत्महत्या गरेका छन् । माडी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामबहादुर भुजेलले शनिबार चक्कुले घाँटी रेटेर आत्महत्या गरेका हुन् ।

भुजेल भरतपुर महानगरपालिका २६ ज्योतिनगरमा रहेको भिनाजू यमबहादुर ढकालको घरमा भेटघाटका लागि आएका थिए। उनले भिनाजूको घरको बाथरुममा शनिबार साढे ४ बजेतिर घाँटी रेटेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतक भुजेलका श्रीमती, एक छोरा र एक छोरी छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।