काठमाडौं – रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारिएको अनुसन्धानको फाइल प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । प्रहरीले लामिछानेसहित तीनै जनामाथि अनुसन्धान गरेर आज सरकारी वकिलसमक्ष फाइल पेस गरेको हो ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । प्रहरीले शालिकरामको मृत्यु प्रकरणमा तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको हो या होइन भन्ने पक्षमा केन्द्रित भएर अनुसन्धानको फाइल तयार गरेको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
साउन २० गते राति होटलमा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको थियो । शालिकरामले आत्महत्या गर्नुपुर्व रेकर्ड गरेको भिडियो सार्वजनिक भएको भोलिपल्ट लामिछाने, कँडेल र कार्कीलाई काठमाडौंबाट पक्राउ गरी चितवन ल्याईएको हो । भिडियोमा उनले तीनै जनाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको दाबी गरेका छन् ।