logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात वर्षीया भाञ्जी बलात्कार गर्ने मामा पक्राउ


अंकुरण खबर
1.274K
Shares

काठमाडौं – ओखलढुंगामा सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर-६ श्रीचौरका १८ वर्षीय कुमार तामाङ पक्राउ परेका हुन् ।

भाञ्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट तामाङलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङ विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।