logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामाजिक सञ्जाल फेससबुक मार्फत सिडिओलाई गाली गर्ने पक्राउ


अंकुरण खबर
936
Shares

काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गर्ने एकजना पक्राउ परेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई समाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज गर्ने बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल घर भई श्री कंकाली अटो ट्रेडर्सको संचालक २५ वर्षीय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्तालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।