logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

घोराहीको होटलमा बास बसेका युवक मृत भेटिए


अंकुरण खबर
1.209K
Shares

काठमाडौं –  दाङको घोराहीमा एक होटेलमा बास बसेका ६ युवामध्ये एक युवा मृत अवस्थामा फेला परेका छन् ।

घोराही उपमहानगरपालिका १५ ट्राफिक चोकस्थित शंकर होटेलमा जिल्लाको बंगलाचुली गाउँपालिका-८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती आइतबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

भारतको महाराष्ट्रबाट रोजगारी गरी फर्किंदै गरेका घर्तीसहित ६ जना राति साढे ९ बजेतिर होटेलमा बास बस्न आएका थिए । अन्य चारजना छुट्टै कोठामा सुतेको र घर्तीसँग अर्का एक व्यक्ति पनि सँगै सुतेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहान साढे ५ बजेतिर घर्ती मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।