काठमाडौं – सञ्चारकर्मी रबि लामिछानेलाई पक्राउ गरिएको विरोधमा चितवनमा उनका समर्थकहरुले आज पनि प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीहरुले लामिछाने निर्दोष रहेको र उनलाई फसाउन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणसँग जोडिएको भन्दै विरोध जनाएका हुन् । प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय चितवन अगाडी र चौबिसकोठीमा भेला भएर प्रदर्शन गरेका छन् । प्रदर्शनमा सयौं सर्वसाधारण भेला भएका छन् ।
चितवनमा रवि लामिछाने समर्थकहरु दिनहुँ प्रदर्शन गरिरहेका छन् । आज अरु दिन भन्दा ठूलो संख्यामा समर्थकहरु प्रदर्शनमा उत्रेका छन् ।