logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि र युवराजको बयान आज लिइँदै, बहस लिएसंगै छुट्ने र नछुट्ने टुङ्गो लाग्ने


अंकुरण खबर
1.3K
Shares

काठमाडौं पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आज  रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदैछ । आत्महत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले तीनजनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेपछि तीन जना आरोपीको बयान शुरु भएको हो ।

प्रहरीले मुद्दाको मिसिल बुझाएपछि हिजो चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । यो मुद्दा चितवन अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा परेको छ । हिजो अस्मिता कार्कीसँग अदालतले बयान लिएको थियो । आज लामिछाने र कँडेलसँग बयान लिनेछ । बयान सकिएपछि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् ।

बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ । बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।