logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटमा गएराति स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ जगतपुरका ४० वर्षीय सुर्यबन्धु खनाल क्षेत्री छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

गएराति साढे ९ बजे ना ६० प ३७३५ नम्बरको मोटरसाइकल ना ५५ प ३५६८ नम्बरको स्कुटरमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भने सकुशल रहेका छन् ।