logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मुल्यमा आज फेरि नयाँ किर्तिमान


अंकुरण खबर
2.925K
Shares

काठमाडौं – नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक हजार रुपैयाँ बढेको हो । अघिल्लो दिन सुन तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ७३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छ । आज कायम भएको सुनको मूल्यमा हालसम्मकै उच्च हो ।

आज चाँदी  तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदी १० रुपैयाँले बढेको हो । हिजो चाँदी तोलामा  ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

अमेरिका र चीनको व्यापार युद्धको असर अन्तर्राष्ट्रिय बजारमा परेकाले सुनको मुल्य बढेको बताइएको छ । निरन्तर मुल्यबृद्धि भएसँगै विगत एक महिनादेखि सुनको कारोबार शुन्य जस्तै भएको छ । तीजको समयमा पनि यो पटक सुनको कारोबार राम्रो नभएको व्यवसायीहरुले बताएका छन् ।