logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रवि लामिछानेसहित तीनै जनाको बयान सकियो, थुनछेकको बहस सुरु हुँदै


अंकुरण खबर
3.562K
Shares

काठमाडौं – चितवन जिल्ला अदालतमा अहिले शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सकिएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा उनीहरुको बहस लिइएको हो । हिजो अर्की अभियुक्त रुकु’ भनिने अस्मिता कार्कीको  बयान लिइएको थियो । बयान सकिएसँगै अब थुन छेकको लागि सरकारी र आरोपी पक्षका वकिलले बहस गर्नेछन् । थुनछेकको बहस आजै सकिए मात्र तीन जना आरोपी छुट्ने वा नछुट्ने टुङ्गो लाग्नेछ ।

बहस नसकिए पुर्पुक्षका लागि थुनछेक आदेश धकेलिन पनि सक्नेछ । थुनछेक आदेशपछि मात्र आरोपीहरु धरौटीमा रिहा हुने वा कारागार चलान हुने स्पष्ट हुनेछ ।