logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

रवि लामिछानेका समर्थकहरुले दुई ट्रकमा गरे तोडफोड


अंकुरण खबर
1.859K
Shares

काठमाडौं – रवि लामिछाने समर्थकहरुको प्रदर्शनमा प्रर्दशनकारीले दुई ट्रकमा तोडफोड गरेका छन् । काठमाडौंबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेका हुन् ।

त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको प्रहरीले जनाएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, ¥याली र प्रदर्शन भइरहेको छ ।