logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा छतबाट लडेर भारतीय कामदारको मृत्यु


अंकुरण खबर
3.796K
Shares

काठमाडौं – छतबाट लडेर वीरगञ्जमा एक भारतीय कामदारको मृत्यु भएको छ । भारतको बेतिया मझबलियाका २२ वर्षीय नजरे आलमको काम गर्ने क्रममा छतबाट लडेर मृत्यु भएको हो ।

दुर्गा पल्पस फ्याक्ट्रिमा डकर्मीको काम गर्ने क्रममा आलम सोमबार अपराह्न २ तले भवनबाट लडेका थिए । घाइते उनलाई उपचारका लागि गण्डक अस्पताल वीरगञ्ज लगिएकोमा त्यही उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज पठाएको प्रहरीले जनाएको छ ।