कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घर विस्थापित भएका छन् । सोमबार बेलुका आएको बाढी पहिरोले २४ घरपरिवार विस्थापित भएका हुन् ।
पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोले ४ घरमा पूरै क्षति पुगेको र अन्य २० घर पनि निकै जोखिममा रहेका छन् । सोमबार बेलुका ५ बजे आएको बाढी पहिरोमा परि धनमालको ठूलो क्षति भए पनि मानवीय क्षति भने भएको छैन ।
बाढी पहिरोले गर्दा बालीगाड लघु जलविद्युत् आयोजना भत्किएको र राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन् ।