logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा बैठक : राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पारित हुँदै


अंकुरण खबर
1.326K
Shares

काठमाडौं – संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ । आज अपरान्ह तीन बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले “नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा गृह मन्त्री रामबहादुर थापाले “राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधयक, २०७५ माथि छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने र “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।