logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जिल्ला प्रहरी कार्यालय चितवनबाट रवि लामिछानेका ४८ जना समर्थक रिहा


अंकुरण खबर
741
Shares

काठमाडौं – कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई मंगलबार छाडिएको छ । प्रदर्शनका क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । आज बिहानदेखि आफन्तको जिम्मामा रवि समर्थकहरुलाई छाड्न शुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताएका छन् ।