काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा मंगलबार सुधार भएको छ । आज परिसूचक ४.८७ अंकले बढेर १२०८ बिन्दूमा पुगेको हो । कुल १६७ कम्पनीको ८ लाख ५० हजार कित्ता शेयर २४ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ ।
एनआईसी बैंकको सबैभन्दा बढी २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । समग्र परिसूचक बढेको दिन सबैको लघुवित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९.९४ अंकले बढेको छ ।
त्यस्तै आधीखोला लघुवित्त कम्पनीको शेयर मूल्य पनि ९.८९ अंकले बढेको छ । सबैभन्दा बढी गुमाउने सिटी एक्सप्रेस फाइन्नास रहेको छ । आज कारोबारमा आएका समूहमध्ये होटल र निर्जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् ।