logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भ्रष्टाचार, बेथिति र विसंगतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुन्छौ : रवि लामिछाने


अंकुरण खबर
3.315K
Shares

काठमाडौं – टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन् । नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन् ।

सभामा सम्बोधन गर्दै लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम मार्फत भ्रष्टाचार, बेथिति र विसंगतीविरुद्ध अझै बलियो भएर प्रस्तुत हुने बताएका छन् । उनले आगामी शनिबारदेखि ‘सिधा कुरा जनतासँग’ कार्यक्रमले निरन्तरता पाउने बताएका हुन् । आफूलाई अदालतले एउटा मुद्दामा मात्रै नबोल्न आदेश दिएको बताउँदै लामिछानेले अरु लाखौँ मुद्दामा जनताको आवाज बनेर प्रस्तुत हुने बताए ।

उनले जनताको अपार माया पाएको आफूलाई खतरा चुनौती छ भन्ने महसुस नभएको बताए । रविले भने, ‘धेरैले मलाई खतरा चुनौती छ भनिरहेका छन् तर मलाई त्यस्तो लाग्दैन, मसँग जनताको माया छ, यो मायाले मलाई मार्छु भनेर आउनेहरु बाटोमै दुर्घटनामा पर्नेछन् ।’

नारायणी नदी किनारमा आयोजित धन्यवाद सभामा उनले अदालतको आदेशको पूर्णसम्मान गर्दै अघि बढ्ने बताए । लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन् ।

रवि लामिछानेलाई सोमबार जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि रविसहित तीनैजनाले थप कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।