logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पर्सामा झुण्डिएर एक महिलाको मृत्यु


अंकुरण खबर
975
Shares

काठमाडौं – पर्सामा झुण्डिएर एक महिलाको मृत्यु भएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर–४ भवानीपुर बस्ने जगदीश महतोकी श्रीमती ४५ वर्षीया मालतीदेवीको झुण्डिएर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

गाउँभन्दा करिब ५० मिटर पश्चिममा रहेको सिसौको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मालतीदेवी फेला परेको प्रहरीले जनाएको छ । झुण्डिएको अवस्थामा देखेपछि उनका छोरा सुशान्त महातोले डोरी काटेर उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पोष्टमार्टमपछि मालतीदेवीको शव उनका श्रीमानलाई बुझाइएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।