logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा बस दुर्घटना, तीन जनाको मृत्यु ३३ जना घाइते


अंकुरण खबर
1.027K
Shares

काठमाडौं – रुकुमको राडीबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने एमाले मोडमा ना ४ ख ९३१७ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको हो ।

आज बिहान ३ बजेतिर यात्रुवाहाक गाडी दुर्घटना परेको हो । दुर्घटनामा परी एक जनाको घटनास्थलमा र दुईजनाको उपचारका क्रममा मृत्यु भएको सुर्खेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका सात सियाला बस्ने २५ लक्ष्मी बस्नेतको पहिचान खुलेको छ भने बाँकी दुई जनाको पहिचान हुन बाँकी रहेको छ ।

गाडि चालक घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा राखेको छ । घाईतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल, कोहलपुर लगायत स्थानिय मेडिकलमा उपचार भइरहेको जनाएको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।