काठमाडौं – मोटरसाइकलको लाइसेन्स बनाई दिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका -११ का २५ वर्षीय जितेन्द्र यादव र महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ का २८ वर्षीय पंकज कुमार सिंह रहेका छन् ।
गत सोमबार जनकपुरधाम उपमहानगरपालिका- ८ स्थित ज्ञानकुप संस्कृत माध्यामिक विद्यालयको फिल्डमा मोटरसाइकलको ट्रायल चलिरहेको थियो । सोही समय सर्वसाधारणलाई मोटरसाइकलको ट्रायल परीक्षा पास गराई दिन्छु भनि धनुषा जिल्लाको मिथिला नगरपालिका – ६ बस्ने देवेन्द्र प्रसाद यादवसँग ५ हजार र सबैला नगरपालिका- १० बस्ने अरुण कुमार पंजियारसँग ७ हजार ठगी गरेको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
जितेन्द्र यादवलाई ४० हजार नगद र विभिन्न व्यक्तिको लाइसेन्स बनाउने कागजातसहित पक्राउ गरिएको छ । त्यस्तै जितेन्द्र यादवले १० जनाको लाइसेन्स बनाईदिन महोत्तरीका पंकज कुमार सिंहलाई १ लाख ५१ हजार को एनआईसीको बैँकको चेक दिएको बयानको आधारमा पंकजलाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनएको छ ।