logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डडेल्धुरामा जिप दुर्घटना, एक जनाको मृत्यु


अंकुरण खबर
1.937K
Shares

काठमाडौं – डडेल्धुराको भागेश्वर गाउँपालिका–४ सेरागाडमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डडेल्धुराको देवल दिव्यपुरबाट जिल्ला सदरमुकाम जाँदै गरेको जिप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका–७ का ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको हो ।

बुधबार बिहान १० बजेतिर भागेश्वर गाउँपालिका–४ सेरागाडमा म१ज २१० नम्बरको जिप दुर्घटना हुँदा चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा तीन जना सामान्य घाइते भएपनि अन्य सकुसल रहेको जनाईएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

कच्ची सडकको घुम्तीमा जिप अनियन्त्रित भइ पछाडि गएर पल्टिएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । जिपपमा करिब १५ जना यात्रु रहेको अनुमान छ । जिप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भईरहेको छ ।