logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्युसन पढ्न जाँदा बेहोस भएका एक विद्यार्थीको मृत्यु, ७ जना गम्भीर


अंकुरण खबर
871
Shares

काठमाडौं – पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको बेहोस भएर मृत्यु भएको छ । रम्भा गाउँपालिका–६ हेक्लाङ घर भएकी कमला फालको मृत्यु भएको हो ।

उनी ट्यूशन पढ्न विद्यालय जाँदै गरेकी थिइन् । उनी रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा हुन् ।

आज बिहान ८ बजे ट्यूशन पढ्न जाँदै गरेकी उनी विद्यालय नजिकै पुग्दा बेहोस भएकी थिइन्। उपचारको लागि तानसेनतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीसँगै रहेका अन्य ६ जना छात्रा र १ जना छात्र पनि बेहोस भएका छन् । बेहोस भएका मध्य तीनजनाको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभास र दुइजनाको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको छ । अन्य दुइजनाको भने ताहुँ प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

विद्यार्थी के कारणले बेहोस भन्नेबारे अहिलेसम्म खुलेको छैन। विद्यार्थीको मृत्यु र बेहोस भएपछि त्यसबारे अध्ययन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय पाल्पाबाट चिकित्सकहको टोली घटनास्थल गएको छ ।