sf7df8f}F, !! ebf} -/f;;_ M g]kfnL ;]gfåf/f a'waf/ sf7df8f}F–lghu9 b|'t dfu{ lgdf{0f;DaGwdf cfof]lht kqsf/ ;Dd]ngdf ;~rf/sdL{x?n] /fv]sf lh1f;fsf] pQ/ lb+b} ;xfos /yL Pjd g]kfnL ;]gfsf k|jQmf lj1fgb]j kf08] . t:jL/ M /Tg >]i7 .
काठमाडौं – नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) साढे ३ वर्ष भित्र सम्पन्न गर्ने जनाएको छ । सेनाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा विस्तृत आयोजना प्रतिवेदन वमोजिम कुल लागत १ खर्ब ५५ अर्व रुपैयाँ रहेको जानकारी दिइएको छ ।
अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा आयोजनामा निर्माण हुने सम्पुर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । निर्माणको समयमा आउने विविध र भैपरि खर्च सरकारले उपलब्ध गराउने पनि नेपाली सेनाले बताएको छ ।
द्रुत मार्ग खोकनाबाट सुरु भई नीजगढ सम्म ७२ दशमलब ५ किलोमिटर को ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डिपिआरको भन्दा ३ दशमलब ७० किलोमिटर सडक लम्बाई कमि हुनेछ । पहाडी भुभागमा २५ मिटर र समथरमा २७ मिटर चौडाको बाटो निर्माण हुने भएको छ ।
यस मार्गमा बन्ने ८७ पुल मध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने भएको छ । यो सडकमा ३ वटा सुरुङ्ग मार्ग बन्ने भएको छ । द्रुत मार्गको अहिले सम्म ८ प्रतिशत मात्र काम सम्पन्न भइसकेको सेनाले जनाएको छ ।