logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दुर्घटनामा परी पोखरामा दुईको मृत्यु तीन जना घाइते


अंकुरण खबर
1.352K
Shares

काठमाडौं – पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको हो ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार, रुपा–७ का दीपक विक र पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

त्यस्तै गए राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौं कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ ।

ग३च १४२२ नंको मिनीभ्यान र बा९४प १७०५ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।