logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै


अंकुरण खबर
5.278K
Shares

काठमाडौं –  संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । दुबै बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाईएको हो ।

प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची रहेको छ । बैठकमा प्रतिवेदन पेश उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्वतले “औद्योगिक व्यवसाय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” गर्ने तय भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री गोकुलप्रसाद बास्कोटाले “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ । त्यस्तै राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले “नेपाल मिडिया काउन्सिल विधेयक, २०७५” लाई सभा समक्ष पेश गर्ने कार्यसूची छ ।

त्यस्तै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “सेफगार्ड्स, एण्टी–डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने तय भएको छ ।