logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ


अंकुरण खबर
884
Shares

काठमाडौं – काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।  घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध) बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

प्रहरीका अनुसार मुगु घर भएका श्यावा लामाको बोद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो । प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।