काठमाडौं – नेपाली बजारमा बिहीबार छापावाला सुन तोलाको ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार स्थिर रहेको सुन आज तोलामा ८ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन सुन तोलामा ७२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुन आज तोलामा ७३ हजार एक सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदी तोलामा ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।