logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कारको ठक्करबाट युवतीको मृत्यु


अंकुरण खबर
2.145K
Shares

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार बिहान पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको बा१य १३९७ नं को कारले पैदलयात्री परियारलाई ठक्कर दिएपछि सख्त घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक प्रहरी नियन्त्रणमा छन् ।