logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु


अंकुरण खबर
2.47K
Shares

काठामाडौं – बुधबार साँझ परेको चट्याङ लागेर मकवानपुर गढीमा एक महिलाको मृत्यु भएको छ ।

चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका–२ गढी की ३० वर्षीया सुन्तली विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विक घरमै बसिरहेको बेलामा चटयाङ लागेको हो । चट्याङ लागेर घाइते भएपछि उपचारका लागि हेटौँडा अस्पताल लगिए पनि उपचारको क्रममा  अस्पतालमै विकको मृत्यु भएको हो ।