logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवादित मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेश


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – नेपाल मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राखेको विरोधको सूचना फिर्ता लिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले उक्त विधेयक पेश गरेका हुन् ।

उक्त विधेयक गत वैशाख २७ गते मन्त्री बाँस्कोटाले संघीय संसद सचिवालयको राष्ट्रियसभामा दर्ता गरेका थिए।

मन्त्री बास्कोटाले विधेयक एउटा प्रस्ताव मात्र भएको भन्दै यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई स्वागत गर्ने बताए । ‘यसमा काफी छलफल गर्न सक्छौं । हाम्रा विभिन्न अरु प्रंक्रिया छन्, पत्रकार महासंघसँग पनि कुरा भएको छ । प्रतिपक्षी दलका नेतासँग पनि कुरा भएको छ । यसलाई समृद्ध बनाउन आउने सबै कुरालाई हामी स्वागत नै गर्छौं ।’

कांग्रेस सांसद राधेश्याम अधिकारीले विधेयकको प्रस्तावनामा नै मिडिया कान्सिललाई स्वायत्त निकाय स्वीकार नगरेको, पदाधिकारी नियुक्ति लगायतका विषयमा पनि स्वायत्त व्यवहार नगरिएको भन्दै विधेयक फिर्ता लिन माग गरेका थिए ।

तर सञ्चारमन्त्री बास्कोटाले यो विधेयक एउटा प्रस्तावमात्र भन्दै यसलाई समृद्ध बनाउन आउने सबै विषयलाई स्वागत गर्ने बताएपछि सांसद अधिकारीले विरोधको सूचना फिर्ता लिएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक भोलि शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ ।