uf]s0f]{Zj/ dlGb/df bz{gfyL{
sf7df08f}Fsf] uf]s0f]{Zj/ dlGb/df laxLaf/ s';] cf}F;Lsf] lbg bz{gfyL{sf] 3'OFrf] . lktf gx'g]n] cfhsf] lbg o; dlGb/df bz{gsf ;fy} >f4 ug]{ ub{5g . tl:a/ M /d]z lu/L, /f;;
काठमाडौं – भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज मनाइँदैछ । आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् ।
बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको बास रहेको विश्वास गर्ने गर्दछन् ।
यसै पर्वलाई बाबुको मुख हेर्ने पर्वको रुपमा पनि धुमधामका साथ मनाउने गरिन्छ । छोराछोरीहरुले आफ्ना बाबुलाई मीठो भोजन गराउने तथा आशिर्वाद लिने चलन छ । घरदेखि टाढा रहेका सन्तानहरुले पनि आज बाबुलाई फोनबाटै भए पनि सम्झने गर्दछन् ।
बाबु दिवंगत भइसकेका सन्तानहरुले भने विभिन्न कुण्ड तथा तीर्थस्थलमा गई पितृ तर्पण गर्ने तथा पिताको नाममा ब्राह्मणलाई सिदा दान गर्ने गर्दछन् । काठमाडौंको गोकर्णलगायतका तीर्थस्थलहरुमा पितृ तर्पण गर्नेहरुको आज बिहानैदेखि भीड लागेको छ ।
मानिसले यस लोकमा जन्म लिएपछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।