logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको माग : सबै कुरामा महिला र पुरुष सरह अधिकार पाउँनु पर्छ


अंकुरण खबर
4.212K
Shares

काठमाडौं – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले आफ्नो सुमदायका बारेमा संविधानमा उल्लेखित कुरा व्यावहारमा कार्यान्वन गर्न माग गरेका छन् ।

बिहिबार मितिनी नेपालले राजधानीमा गरेको कार्यक्रममा उनीहरुले अझै पनि महिला र पुरुषजस्तै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई अधिकार नदिदा यो समुदायले धेरै सकस भोग्नु परेको गुनासो गरे छन् ।

संविधानमा लेखिएका कुरा पनि कानुन नबन्दा आफुहरुले अधिकार नपाएको र अधिकार प्राप्तिको लागि सरोकारवाला पक्षसंगलाई खबरदारी गरिरहेको मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानले जानकारी दिए ।

उनीहरुले नागरिकता ,विवाह ,अंश लगाएतका कुरा आफुहरु अनुकुल कानुन र व्यावहार हुनुपर्ने र लोकसेवा आयोगमा पनि आफ्नो समुदायलाई आरक्षणको व्यवस्था गर्न माग गरेका छन् ।

कार्यक्रममा उपस्थित सांसद् तथा पत्रकारहरुले यो समुदायको हक अधिकार सुनिश्चित गर्न आफ्नो ठाँउबाट सक्दो पहल गर्ने बताए ।