logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुडान घोटाला काण्डका फरार ठेकेदार भारती पक्राउ


अंकुरण खबर
2.886K
Shares

काठमाडौं – सुडान घोटाला काण्डका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । उनलाई आज बिहान उनकै निवासबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो ‘सीआईबी’को टोलीले पक्राउ गरेको हो ।

सर्वोच्च अदाललते दुई हजार चौहत्तर बैशाखमा भारतीलाई घोटालामा दोषी ठहर गर्दै चौध करोड जरीवाना र एक वर्षको कैद सजाय सुनाएको थियो । सामान खरिदको ठेकेदार अस्योर्ड रिक्स लिमिटेडका नेपाल प्रतिनिधि भारती फैसलापछि फरार थिए ।

सुडानको डार्फरस्थित मिसनमा खटिएको प्रहरीलाई बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा सर्वोच्चले सात जनालाई कैद तथा जरिवानाको फैसला सुनाएको थियो । तिमध्ये पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी, ओमविक्रम राणा र हेमबहादुर गुरुङले यसअघि नै आत्मसमर्पण गरिसकेका छन् ।