logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

फेसबुकको ‘फेक आइडी’ बनाएर आत्महत्या दुरुत्साहन गरेको आरोपमा मुद्दा दर्ता


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – आत्महत्या दुरुत्साहनको आरोपमा ओखलढुंगा एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

तीन महिना अघि गोमाले घरकै कोठामा पासो लगाएर आत्महत्या गरेकी थिइन्। उनले आत्महत्या गर्नुअघि लेखेको ‘सुसाइड नोट’ फेला परेको थियो ।

गोमाको परिवारले फेसबुकको ‘फेक आइडी’ खोलेर उनलाई बदनाम गराई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै पीडकको खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

अनुसन्धानका क्रममा युवराजले गोमालाई आत्महत्या गर्न दुरुत्साहन गरेको पुष्टि भएपछि उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराईएको प्रहरीले जनाएको छ । युवराजले प्रहरीसँगको बयानमा गोमाको फेक आइडी खोलेर बदनाम गरेको स्वीकार गरेका छन् ।