logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन चाँदीको मूल्य घट्यो, आज तोलामा कति ?


अंकुरण खबर
3.198K
Shares

काठमाडौ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ७३ हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार घटेर छापावाला सुन प्रतितोला ७२ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन एक हजार रुपैयाँ घटेको हो । त्यस्तै आज तेजावी सुनको प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कायम भएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाादी प्रतितोला ८ सय ८५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज १० रुपैयाँ घटेको हो ।