काठमाडौ – पर्साको सखुवा प्रसौनी गाउँपालिकामा करेन्ट लागेर आज बिहान एक महिलाको मृत्यु भएको छ ।
सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ प्रसौनी टोल बस्ने लालबहादुर दासकी श्रीमती रमा देवीको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घरमा रहेको मोटरमा नुहाउने क्रममा करेन्ट लागेर रमा गम्भीर घाइते भएकी थिइन ।
उनको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको अस्पताल प्रहरीले जनाएको छ ।