logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कमजोर बनाउन खोजेको छैन : सञ्चारमन्त्री बाँस्कोटा


अंकुरण खबर
2.782K
Shares

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पारेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विधेयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताएका हुन् । स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्यलाई स्वीकार गर्न नसकिने उनले बताए ।

सञ्चारमन्त्री बाँस्कोटाले राजतन्त्रका पक्षधरहरु प्रेस स्वतन्त्रताको नाममा लोकतान्त्रिक व्यवस्थालाई सिध्याई पुनःस्थापित हुने प्रयास गरिरहेको दाबी गरे । उनले कुनै पनि विषयमा मिडिया ट्रायल हुन नदिईने चेतावनी पनि दिए । मिडिया क्षेत्रमा देखिएका विकृतिलाई पनि नियन्त्रण गर्न सक्ने व्यवस्था विधेयकमा गरिनुपर्ने धारणा उनीहरुको छ ।

आमसञ्चार सम्बन्धि नियमन मात्रै गर्ने भएकाले यो विधेयकलाई सम्मृद्ध बनाउने सवालमा आएका सुझावलाई सरकारले समावेश गर्ने प्रतिवद्धता जनाएको छ । छलफलपछि मिडिया काउन्सिल विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।