काठमाडौं – ट्याक्टरको ठक्करबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका ४ ब्रह्मस्थानमा ट्याक्टरले ठक्कर दिँदा बालकको घटना स्थलमै मृत्यु भएको हो ।
कर्मैया हथिऔल सडक खण्डअन्तर्गत क्षेत्रीय सडकमा ना ६ त ८४३८ नम्वरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका नवराज बोजुका ९ वर्षीय छोरा युवराज मृत्यु भएको हो । मृतकको शव जिल्ला अस्पताल मंगलबारमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।