logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पिङ खेल्ने क्रममा बालकको मृत्यु


अंकुरण खबर
871
Shares

काठमाडौ -उदयपुरको रौतामाई गाउँपालिका–८ पाँबुमा पिङ खेल्ने क्रममा पासो लागेर एक बालकको मृत्यु भएको छ ।

स्थानीय टेकबहादुर मगरका ११ बर्षीय छोरा कोशेरबहादुरको शुक्रबार आफ्नै घरमा साडीको पिङ बनाई पिङ खेल्ने क्रममा साडिको पासो लागेर मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रौतामाईबाट प्रहरीे टोलीले आवश्यक अनुसन्धान कार्य पूरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।