logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जंगली च्याउ खाँदा ४ जना बिरामी


अंकुरण खबर
2.574K
Shares

OLYMPUS DIGITAL CAMERA

काठमाडौं – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सानथाक्रामा जंगली च्याउ खादा चारजना बिरामी भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजेको समयमा घरनजिकै रहेको उत्तिसको रूखमा फलेको च्याउ खाँदा ५५ वर्षीय पूर्णबहादुर कामी, निजकी श्रीमती ५३ वर्षीया दिलमाया कामी, उनीहरूका छोरा १८ वर्षीय तेजबहादुर कामी र सोही स्थान बस्ने १७ बर्षीय पूर्णबहादुर लिम्बु बिरामी परेका हुन् ।

बिरामी चारै जनाको ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।