नेपालगञ्जबाट दैलेख लगिएका गाईहरु सुर्खेतको कटकुवा जङ्गलमा बेवारिसे छाडिएकाले उद्वार गरी पुनः नेपालगञ्जतर्फ पठाइएको छ । गाईहरु व्यावारिसे पारेको र फालेको घटनाबारे गृह मन्त्रालयले छानविन गर्न समिति निर्माण गरेको छ । उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति बनाई समितिलाई १५ दिन भित्र घटनाको वास्तविक तथ्य ल्याउन निर्देशन दिएको छ ।
गौहत्या गम्भीर अपराध भएको भन्दै मन्त्रालयले संलग्न व्यक्तिहरुलाई कानून बमोजिम हैदसम्म कारबाही गरिने बताएको छ ।
दैलेखको श्रीनाथ लैजान भन्दै नेपालगञ्जको काञ्जी हाउसमा रहेका गाई, गोरु, बाच्छाबाच्छीलाई पठाइएको थियो । तर सुर्खेतको वीरेन्द्रनगर ११ स्थित ब्यूरेनी खोलामा २४ वटा गाईगोरु मृत भेटिए । १४४ वटा त्यही छाडिएका थिए ।
गाई गोरु छाड्ने ५ वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।