logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन मन्त्री भट्टराई भाडाको घर खोज्दै


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त भएका योगेश भट्टराई सरकारी मन्त्री निवासमा बस्न नपाउने भएका छन् ।

ललितपुरको हरिहर भवन स्थित मन्त्री निवासमा घर खाली नरहेकाले नवनियुक्त पर्यटन मन्त्री भट्टराई निजी निवास (भाडामा लिएको घर) मै बस्ने भएका हुन् ।

मन्त्री बनेपछि भेटघाटका लागि आउने तथा सचिवालय राख्नु पर्ने भएकाले निजी निवासमा ठाउँ अभाव हुने देखिएको छ । त्यसका लागि मन्त्री भट्टराईको निवास रहेको बबरमहल वरपर नै अर्को भवन खोजी भइरहेको स्रोतले बताएको छ ।