काठमाडौ – मकवानपुरको बसामाडीमा मोटरसाइकल र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार सौरभ सुवेदी र अस्मित सुनारको मृत्यु भएको हो ।
हेटौंडाबाट बसामाडीतर्फ आउँदै गरेको ना ३८ प ५३३२ नम्बरको मोटरसाइकल र चितवनबाट हेटौंडातर्फ जाँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-३ बसामाडीमा ठोक्किएका हुन् ।
सुनारको चितवनस्थित पुरानो मेडिकल कलेजमा र सुवेदीको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।