logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफूले काम गर्न नसकेको कुरा प्रधानमन्त्रीलाई महुसस भए आफैँ मन्त्री पद त्याग गर्छुँ : मन्त्री योगेश


अंकुरण खबर
3.289K
Shares

काठमाडौं – नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आफूले काम गर्न नसकेको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महुसस भए आफैँ मन्त्री पद त्याग्ने बताएका छ्न ।

मदननगर बल्खुस्थित तत्कालीन नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरिसकेपछि मन्त्री भट्टराईले आफ्नो वास्तविक परीक्षा सुरु भएको बताउँदै यसमा खरो उत्रिने प्रतिवद्धता ब्यक्त गरे ।

आफूलाई प्रधानमन्त्रीले विश्वास गरेर यो पद दिएको बताउँदै भट्टराईले जनताबाट पाएको बधाई आफ्ना लागि सबैभन्दा ठूलो चुनौती भएको उल्लेख गरे ।