logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर मौसममा बदली, मेघ गर्जनसहित वर्षा हुने : जल तथा मौसम पूर्वानुमान महाशाखा


अंकुरण खबर
1.313K
Shares

काठमाडौं – मुलुकभर शुक्रबारको मौसम बदली भएर केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभाग भन्दा दक्षिण तिर अवस्थित रहेको र बिस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै आएकोले बदली भएको हो । अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भूभागमा सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

देशभर दिउँसो भने आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन चट्याङ्सहित हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।