logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनको ३ नम्बर वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी


अंकुरण खबर
1.482K
Shares

काठमाडौं – चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले जानकारी दिए ।

आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् । कार्यालयको झ्याल खोलेर पेट्रोल छर्केर आगजनी गरेको देखिएको मेयर श्रेष्ठले बताए ।

आगजनी कसले र किन गरेको भन्नेबारे केही नखुलेको र अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।