logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 पहिरोमा परी आमा-छोरीको मृत्यु


अंकुरण खबर
2.808K
Shares

काठमाडौं – लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ शान्ति टोलमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

गएराति पहिरोले घर बगाउँदा आमा ३० वर्षीया निरुता चदारा र उनकी छ वर्षीया छोरी निस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार, पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।

पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै आफू पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए । घटनास्थल सदरमुकाम बाजुराबाट करिब ४ घण्टाको पैदल दुरीमा छ ।