logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सुनको भाउ उकालो लाग्दैं, हालसम्मकै उच्च


अंकुरण खबर
1.924K
Shares

काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

आज छापावाला सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजोको तुलनामा आज सुन तोलामा ८ सय रुपैयाँ बढेको हो । हिजो छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो  पनि सोही मूल्यमा कारोबार भएको थियो ।