काठमाडौं – काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृत्यु भएको छ ।
शुक्रबार बिहान १० बजेको समयमा पाइप सफा गर्ने क्रममा निसास्सिएर दुई मजदुरको मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए ।
मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको प्रहरीले जनाएको छ ।