काठमाडौं – ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको झडपमा परी जेल जीवन बिताइरहेका पूर्ण बहादुर राजीको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपपछि गम्भीर घाइते रहेका उनलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पूर्णबहादुर करणी मुद्दाका दोषी हुन् । उनलाई ज्यान मुद्दाका कैदी तपन महतोले इटाले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।